Thursday, July 5, 2018

प्रज्ञामा कला-कविता कार्यशाला


प्रज्ञा भवनको डबली र चौर २०७५  असार ७ गते केही घन्टा साहित्य, कला र सङ्गीतको बगैँचा बन्यो । नेपाल प्रज्ञाप्रतिष्ठानको ६१ औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घद्वारा आयोजित साङ्गीतिक कार्यक्रम एवं कलाकविता प्रस्तुतिसहित सम्पन्न कार्यशाला कार्यक्रममा यस्तो भएको हो । कार्यशालाका संयोजक सुधीर ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्बोधन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानको उन्नयनका खातिर कर्मचारी तथा कलाकारहरूको उल्लेखनीय भूमिका रहेको उल्लेख गरे । उक्त अवसरमा उपकुलपति डा. विष्णुविभु घिमिरेको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, प्राज्ञ परिषद्का सदस्य, प्राज्ञसभाका सदस्य तथा आजीवन सदस्यहरूका साथै प्रज्ञाप्रतिष्ठान, प्रशासन प्रमुख, आर्थिक महाशाखा प्रमुख, योजना तथा कार्यक्रम महाशाखा प्रमुखहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको उद्देश्यमाथि सङ्घका महासचिव होमराज ढुंगेलले कार्यक्रमको प्रभावकारितामाथि बोलेका  थिए  कार्यशाला कार्यक्रममा विभिन्न चित्रकलाकारका कलामाथि डा‍ विष्णुविभु घिमिरे, तुलसी दिवश, पुस्कर लोहनीअशेष मल्ल, मातृका पोखरेल, सन्ध्या पहाडी, विवश पाेखरेल  लगायतका कविहरूले स्थलगत कविता सिर्जना गरेका थिए ।

No comments:

Post a Comment